धनुषामा रेलले किचेर एक यात्रीको मृत्यु

December 28, 2022 11:29 am

जनकपुरधाम। धनुषामा रेलले किचेर एक यात्रीको मृत्यु भएको छ। भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले बुधबार विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा किचिएर यात्रीको मृत्यु भएको हो।

वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको हो।