भरतपुरमा बोराभित्र भेटियो एक महिला र एक पुरूषको शव

November 22, 2023 7:03 pm

चितवन : बोराभित्र पोको पारेर फालिएको अवस्थामा चितवनमा दुईवटा शव फेला परेको छ। भरतपुर महानगरपालिका–९, मिलनचोकस्थित नालीमा कल्भर्टभित्र बोराभित्र बाँधेर फालिएको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले दिएको जानकारीअनुसार बुधबार दिउँसो शव फेला परेको हो। अहिले ती शवलाई पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । मृतकहरुको पहिचान खुल्न भने सकेको छैन ।घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।