
५ असोज, रत्ननगर। टिकौली जंगलमा आज दिउँसो करिव ३ बजे बोलेरो र मिनिबस एकापसमा ठक्कर खादा १४ जना घाईते भएकोमा ३ जना अस्पताल भर्ना भएका छन् भने ११ जना सामान्य उपचार पछि फर्किएका छन्। आज दिउसो करिब ३ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.१२ टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा बाट जादै गरेको बा ३ ख २२८३ नं बस एक आपसमा ठक्कर खाएको थियो।
घाईतेहरुको विवरण
१. जिल्ला चितवन र.न.पा.१२ बस्ने बर्ष ३५ को टेक नारायण श्रेष्ठ (बोलेरो चालक)
२. जिल्ला चितवन र.न.पा.१० बर्ष ३० को कृष्ण बहादुर बस्नेत (बस चालक)
३.बसमा सवार जिल्ला चितवन र.न.पा.९ बस्ने बर्ष २५ की गंगा हमाल |
घाईतेहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भैरहेको छ।