भूकम्पमा ज्यान जानेको संख्या १ सय ४३ पुग्यो, १ सय ६६ घाइते

November 4, 2023 5:48 pm

१८ कार्तिक , काठमाडौं । जाजरकोट र रुकुमपश्चिमको भूकम्पमा परी ज्यान जानेको संख्या १ सय ४३ पुगेको छ । जाजरकोटमा मात्रै १ सय ५ जनाको ज्यान गएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको ज्यान गएको छ ।

यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १ सय ४३ जनाको ज्यान गएको छ भने १ सय ६६ जना घाइते भएका छन् । गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले निरीक्षण गर्नुभएको छ, भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने समेत उँहाले बताउनुभएको छ ।