चितवनका युवाले ‘आइडिया हाइकर’ ल्याउँदै

April 30, 2022 4:08 pm

युवाहरुलाई प्रोसाहन तथा उद्यमी बनाउने सोचका साथ चितवनका युवाहरुको समूहले आइडिया हाइकर नामक कार्यक्रम संचालनमा ल्याउने भएका छन् । सुरुवाती चरणमा स्टार्टअप गर्दै गरेका उद्यमीले आफ्नो यात्रा बैशाख ३१ गते चितवनबाट सुरु गर्ने र कार्यक्रम नेपालभर गर्ने छ । आइडिया हाइकरले दोस्रो चरणको रुपमा स्टार्टअप गर्ने चाहने युवा र उद्यमीलाई जोड्दै आइडिया पिचिङ पनि संचालनमा लाउने छ।

आइडिया हाइकरका संचालक बिशाल पौडेलले “आइडिया हाइकर युवाहरूका लागि युवाहरूले सुरु गर्ने कार्यक्रम हो। आइडिया हाइकर देशको सामाजिक आर्थिक परिवर्तनको लागि युवा विचार र नवीनता कोर्न को अवधारणा हो। साथै, यसले युवाहरूमा उद्यमशीलतामा मद्दत गर्दछ।यो काल्पनिक विचारहरूलाई वास्तविकतामा परिणत गर्ने प्लेटफर्म हो, यसले समस्याको समाधान पनि प्रदान गर्दछ, जसले अन्ततः सम्भावित युवाहरूको संलग्नता र उनीहरूको नवप्रवर्तनका विचारहरू मार्फत सामाजिक परिवर्तनमा मद्दत गर्दछ।

आइडिया हाइकर आइडिया पिचिङ र प्रस्तुतिकरण मञ्च मात्र होइन युवाहरूलाई आफ्नो उद्यमशीलताको यात्रा साझा गर्ने र लगानीकर्ता विज्ञहरूका साथै सम्बन्धित क्षेत्रमा विभिन्न ज्ञान भएका युवाहरूसँग सहकार्य गर्ने अवसर पनि हो।” भनेका छन्।