काठमाडौं ।
नेपाल टेलिकम एनटिसीका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ ।
बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन ।
मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ के भएको हो भन्ने बारे पत्ता लगाउन मर्मत हुदै गरेको नेपाल टेलीकमले जनाएको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए । ‘हाम्रा धेरै सिस्टम छन, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ,’ उनले भने ।
सेट फोनमा भने समस्या नभएको उनले बताए ।