रोमाञ्चक खेलमा गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

April 3, 2024 7:32 pm

काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ । जारी शृङ्खलामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ७३ रनमात्र बनाउनसक्यो। गुजरातका लागि उमंग रोहित कुमारले सर्वाधिक ४७ रन बनाए भने हर्ष देसाईले २९ रन बनाए। नेपालका लागि कुशल मल्लले २ र सोमपाल कामीले २ विकेट लिए।

त्यसअघि नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ८१ बनाएको थियो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। कुशल ६७ रन र आसिफ ८५ रन बनाएर पेभेलियन फर्किएका थिए। पहिलो विकेटका लागी ओपनर व्याट्सम्यानले १ सय २५ रनको साझेदारी गरेका थिए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालले यसअघि गुजरात र बरोडालाई हराइसकेको छ।

यता किर्तिपुरमा आजै सम्पन्न नेपाल ए र आयरल्याण्ड ए बिचको प्रथम एक दिवसिय खेलमा नेपाल ए पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ले ३८.३ ओभरमा १ सय ५७ रनमा अल आउट भए पनि नेपालले सो लक्ष्य भेटाउन नसक्दा पराजय बेहोरेको हो ।

नेपाल ए का लागी साहव आलमले ३७, देव खनालले २६ त्यस्तै वासिर अहमदले २० रन बनाउनु बाहेक अन्य व्याटरहरु सस्तैमा समेटिदा मात्र १ सय ३६ रन मात्र बनाउन सक्यो ।