घरेलु मैदानबाट वाहिरियो शारदानगर , एभरेष्ट क्लव पुग्यो सेमीफाईनलमा

March 14, 2024 8:14 pm

शारदानगर ,१ चैत्र । पश्चिम चितवनको सहिद भूमि भरतपुर महानगरपालिका–१९ मा रहेको बखान मिनी रङ्गशाला शारदानगर खेल मैदानमा जारी सेन्ट्रल कलेज दोस्रो बखान च्याम्पियन कप, फुटबल प्रतियोगिताको क्याटरफाईनल अन्र्तगतका सबै प्रतियोगीता सम्पन्न भएका छन् । विहिवार आज भएको अन्तिम समीफाईनल अन्र्तगतको खेलमा शारदानगर युवा क्लबलाई हराउँदै एभरेष्ट फुटबल क्लब सेमी फाइनलमा प्रवेश गरेको छ ।

नेपालको सहकारीको जन्मदाता रुपमा परिचितव पूर्व कानुन न्याय तथा भूमि–सुधार मन्त्री स्वर्गिय क्याप्टेन बखानसिंह गुरुङको सम्मानमा युवा तथा भरतपुर १९ वडा अन्र्तगत रहेको खेलकुद विकास समिति शारदानगर, र भूतपूर्व सैनिक कल्याणकारी संस्था भरतपुर १९ चितवनको आयोजनामा भएको खेलमा शारदानगर लाई २–० गोलले पराजित गर्दै एभरेष्ट फुटबल क्लब सेमी फाइनलमा प्रवेश गरेको हो । बिहिबार भएको खेलमा दुवै टिमबाट गोल गर्ने सुनौलो अवसर पाएता पनि खेलको ५२ औँ मिनेटमा एभरेष्टका सुधिर कुमार श्रेष्ठ र ६२ औँ मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै टिमलाई अग्रता दिलाए । शारदानगरले पनि गोल गर्ने सुनौलो अबसर प्राप्त गरेता पनि गोल गर्न नसक्दा हार व्यहोर्न वाध्य भयो ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे सँगै एभरेष्ट फुटबल क्लबका सुधिर कुमार श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिन सफल भए । प्रतियोगितामा भोलीदेखी भने सेमी फाइनलका खेलहरु हुनेछ । भोली शुक्रबार पहिलो सेमी फाइनल खेलमा पेनगुइन एजुकेसन भरतपुर २४ र पार्वतीपुर युनाइटेड बिच खेल हुनेछ । पेनगुइनले सडन डेथमा नारायणी फुटबल क्लबलाई र पार्वतीपुरले न्यू दिब्यज्योति फुटबल क्लबलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो । गत फागुन १९गतेबाट शुरु भएको खेल चैत्र ५गते एक कार्यक्रम विच समापन गरिने आयोजकले जनाऐको छ । यश प्रतियोगिताको पहिलो चरणमा १७ टिम सहभागी भएका थिए । खेलको (दोस्रो चरण )क्वाटर फाईनलमा प्रवेश गरेका ८ टिमले खेले सगै आज दोस्रो चरणका का बिजेता टिमहरु सेमिफाइनल प्रवेश गरेका हुन् । । सेमिफाइनलमा पार्वतीपुर युनाईटेड ,रामपुर फुटबल क्लव रड्स ,पेन्गुईन फुटबल क्लब र एभरेष्ट फुटबल क्लब छनौट भएका छन्। यस प्रतियोगितामा एन्फाका रेफ्रीहरु पूर्ण गुरुङ ,होम गुरुङ ,सुजन अधिकार र सुजित ठकुरी रहनुभएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार स्वरूप नगद रु २ लाख सहित रजत शिल्ड, मेडल र प्रमाण पत्र साथै उपबिजेता हुने टोलीले नगद रु १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्तम गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी हुनेलार्य नगद सहित पुरस्कार प्राप्त गर्ने छन् ।