‘टुरिस्ट गाइड’ एसाेसिएसनकाे महासचिवमा रत्ननगरका दुवाडी निर्वाचित

January 26, 2024 8:36 pm

१२ माघ, रत्ननगर ।
‘टुरिस्ट गाइड’ एसाेसिएसन अफ नेपाल (टुर्गान)को महासचिवमा रत्ननगरका टंक दुवाडी निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा कार्यकारिणि समिति सदस्यकाे रुपमा निकै सकृय रहेका दुवाडीले टुरिष्ट गाईड एसाेसियसन अफ नेपाल (टुर्गान) लाई बाैद्विक श्रमिकहरुकाे साझा चाैतारिकाे रुपमा विकास गर्दै एक सक्षम, सबल, निरन्तर अध्ययन-अनुसन्धानमा समर्पित, पर्यटन क्षेत्रकै अग्रणि संस्थाकाे रुपमा विकाश गर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एम वि ए सहित लुम्बिनि बिश्वबिद्धालय बाट बाैध्द धर्म र हिमाल अध्ययनमा स्नातकाेत्तर गरेका दुवाडी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । धार्मिक तथा आध्यात्मिक पर्यटन विज्ञको रुपमा लामाे समयदेखि नेपाल,भारत र तिब्वतमा समेत गाईडिङ गरेका दुवाडी संस्थाको संस्थागत विकास र गाईडहरुकाे हकहितलाई अझ मजबुत बनाउने लक्ष्य राखेका छन् । सन् २००५ बाट हाल सम्म दुवाडी गाईडिङ पेशामा निरन्तर लागिरहेका छन् ।

त्यस्तै निर्वाचन बाट अध्यक्षमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् । देवकोटा अध्यक्षका अर्का प्रत्याशी कुमार पुरीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा रोहितकुमार फुँयाल निर्वाचित भएका छन् , वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानांग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा यसैगरी, सचिवमा माधवराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित भएका छन् ।