संरक्षणमा जनशक्ति तयार गर्न १५ युवालाई प्रशिक्षण

February 22, 2024 8:26 pm

साैराहा । वन्यन्तु संरक्षणमा जनशक्ति तयार गर्न युवाहरुलाई समुदाय स्तरीय संरक्षणका लागि क्षमता अभिबृद्धि सम्बन्धी प्रशिक्षण दिइएकाे छ ।

समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान अन्तर्गत थप १५ जना  च्याम्पियनसीप युवा दस्ता तयार गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे हाे । विश्व वन्यजन्तु कोष र तराई भू परिधि कार्यक्रम (ताल)को सहयोगमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा वन्यजन्तुकाे संरक्षण, सीप विकास र समुदायले संरक्षणकाे लागि खेल्नुपर्ने भूमिकाकाे विषयमा युवाहरुलाई प्रशिक्षण दिइएकाे थियाे ।

वन्यजन्तु संरक्षणलाई थप प्रभावकारी बनाउन युवा जनशक्ति परिचालन गर्ने र उनीहरुकाे राेजगारीकाे लागि सीप मुलक कार्यक्रम संगसंगै अगाडि बढाउने मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रमकाे पहिलाे दिन मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना, निकुञ्जका सुचना अधिकारी गणेश तिवारी, समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान बछाैलीका अध्यक्ष बसन्त राना र समग्रमा विश्व वन्यजन्तु कोषका प्रतिनिधि निसान केसीले संरक्षण र जीविकाेपार्नजकाे विषयमा प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष घिमिरेले समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान अन्तर्गत थप १५ जना संरक्षणमा च्याम्पियन सीप युवा दस्ता गयार गरिएकाे बताए । समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान बछाैलीका अध्यक्ष वसन्त रानाले सञ्चालन गरेकाे समापन कार्यक्रममा सहभागीकाे तर्फबाट अनिल गुरुङ र सपना ढुंगानाले मन्तव्य राखेका थिए । समापन कार्यक्रम मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको थियाे ।