टुर्गानको महासचिवमा रत्ननगरका दुवाडीले दिए उमेद्वारी

January 24, 2024 12:28 pm

१० माघ, रत्ननगर ।
टुरिष्ट गाईड एसाेसियसन अफ नेपाल (टुर्गान)को महासचिव पदमा रत्ननगरका टंक प्रसाद दुवाडीले उमेद्वारी दिएका छन् । हाल कार्यकारिणि समिति सदस्यकाे रुपमा निकै सकृय रहेका दुवाडीले टुरिष्ट गाईड एसाेसियसन अफ नेपाल (टुर्गान) लाई बाैद्विक श्रमिकहरुकाे साझा चाैतारिकाे रुपमा विकास गर्दै एक सक्षम, सबल, निरन्तर  अध्ययन-अनुसन्धानमा समर्पित,  पर्यटन क्षेत्रकै अग्रणि संस्थाकाे रुपमा  विकाश गर्ने मूल लक्ष्य र एजेण्डा सहित महासचिव पदमा उमेद्वारी दिएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एम वि ए सहित लुम्बिनि बिश्वबिद्धालय बाट बाैध्द धर्म र हिमाल अध्ययनमा स्नातकाेत्तर गरेका दुवाडी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । धार्मिक तथा आध्यात्मिक पर्यटन विज्ञको रुपमा लामाे समयदेखि नेपाल,भारत र तिब्वतमा समेत गाईडिङ गरेका दुवाडी संस्थाको संस्थागत विकास र गाईडहरुकाे हकहितलाई अझ मजबुत बनाउन महासचिव पदमा आफुलाई मतदान गर्न सम्बन्धित मतदाताहरुलाई आग्रह समेत उनले गरेका छन् । सन् २००५ बाट हाल सम्म दुवाडी गाईडिङ पेशामा निरन्तर लागिरहेका छन् ।

नेपालका पर्यटक पथप्रदर्शक (टुर गाइड)हरूको छाता संस्था टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को यही माघ ११ गते कमलादी स्थित प्रज्ञा भवनमा नयाँ कार्यसमितिको लागी निर्वाचन हुनेछ ।