राष्ट्रपति भण्डारीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

January 15, 2023 7:29 pm

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

‘यती एयरलाइन्सको एटिआर-७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु। दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ राष्ट्रपतिले ट्वीटमा भनेकी छन्।