विविध पार्टीका नेता कार्यकर्ता सहित ३१ जना नेकपा एस प्रवेस

January 1, 2024 6:06 pm

रत्ननगर । विविध पार्टीमा आस्था राख्ने नेता कार्यकर्ता सहित ३१ जना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रवेस गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रमुख अतिथी समेत रहेका पार्टीका महासचिव घनश्याम भुषालले टिका र खादा लगाईदिएर पार्टी प्रवेस गराएका हुन् ।

नेकपा एमाले निकट युवा संघ रत्ननगर १३ का अध्यक्ष रोमन तामांग सहित ३१ जना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रवेस गरेका हुन् । भोलिको दिनमा पार्टीलाई जनता संग हातेमालो गराउदै समग्र देश विकासमा महत्वपुर्ण भूमिका खेल्ने नव प्रवेसी नेता तथा कार्यकर्ताहरुले बताएका छन् । आफुहरुले आस्था राखेको पुरानो पार्टी जनता प्रति उत्तरदायी नभएको कारण नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जनताप्रति उत्तरदायी भएको कारण आफुहरु पार्टी प्रवेस गरेको रोमन तामांगले बताए ।

कार्यक्रममा पार्टीको रत्ननगर नगर इन्चार्जको जिम्मेवारी बद्रिनाथ घिमिरेलाई दिइएको छ । सो पार्टीको नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरे केही दिन अघि एमालेमा प्रवेश गरेपछि रिक्त रहेको नगर इन्चार्जको जिम्मेवारी घिमिरेलाई दिइएको हो । घिमिरे सो पार्टीको निर्वतमान नगर अध्यक्ष समेत हुन ।

कार्यक्रममा महासचिव भुषालले कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल, पुर्व जिल्ला अध्यक्ष कृष्ण पन्त लगायतले बोलेका थिए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नगर अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।