रत्ननगर वडा न.९ मा “समुदायमा कांग्रेस”अभियान सुरु

January 30, 2024 10:37 pm

रत्ननगर । सहिद दिवसकाे अबसर पारेर रत्ननग नगरपालिका वडा नं ९ मा “समुदायमा कांग्रेस” अभियान सुरु गरिएकाे छ । नेपाली कांग्रेस केन्द तथा जिल्ला समितिको परिपत्र अनुसार “समुदायमा कांग्रेस” अभियान सुरु गरिएकाे हाे । जिल्ला प्रतिनिधि टेकेन्द्र चौधरीको पस्थितिमा वडा सभापति अनन्त अधिकारी, नगर सह सचिब राम चन्द्र पौडेल अमृत मल्ल ,मणी प्रकाश खतिवडाले मन्तब्य राखेका थिए । सचिब सूर्य चन्द्र खतिवडाले “समुदायमा जाऔं ,समाजलाई सुनौं भन्ने मुल नारालाई आत्मसाथ गर्दै अभियानलाईअघि बढाउन माघ १६-२६ सम्म बिभिन्न कार्यक्रम गर्ने जानकारी दिए। वडा नं ९ बाट नेकाको बिभिन्न पदहरूमा प्रतिनिधित्व गर्नुहुने अग्रज, महाअधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिहरू र वडा कार्य समितिका सदस्यहहरु लगायत कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिएकाे हाे।