अपेक्षा गरे जस्तो परिणाम आएन, तुरुन्तै काठमाडौं गएर गठबन्धनको बैठक बस्छौँ: प्रचण्ड

November 25, 2022 3:40 pm

गोरखा, ९मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताए ।उनले भने, ‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ । तर, हामीले सोचेजस्तो परिणाम भएन भन्नेपनि छ ।

 

नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’

प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताए ।