प्रदेश सांसदसहित ७ जना केन्द्रीय सदस्यले छाडे विवेकशील साझा

August 28, 2022 5:46 pm

काठमाडौं : बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठसहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा राजीनामा दिएका छन्। बागमती प्रदेश सभा सदस्य विराजभक्त महर्जन, केन्द्रीय सदस्य जमुना शर्मा, राज्य लक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धरले राजीनामा दिएका हुन्।

पार्टीभित्र पद्धति, पारदर्शीता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको आरोप लगाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन्। पार्टीमा सुसंस्कृत, सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास भएपछि आफूहरुले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजीनामा दिने निर्णय गरेको उनीहरुले बताएका छन्।