प्रचण्ड-बाबुरामले एउटै चुनाव चिन्ह र घोषणा पत्रमा निर्वाचन लड्ने

August 14, 2022 5:52 pm

श्रावण २९,काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न सहमत भएका छन् ।

आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएकाे भेटवार्तामा एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएका हुन् ।

यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको छ । माओवादीकाे चुनाव चिह्न पुरानो भएकाले त्यहि चुनाव चिह्नमा जाने सहमति भएकाे हाे । माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् ।

बाबुराम गोरखा २ बाट चुनाव उठ्ने तयारीमा छन्। समाजवादी केन्द्र बनाउने तयारी गरे पनि अहिलेका लागि भने चुनावी मोर्चा बनाएर जान बाबुराम र प्रचण्ड सहमत भएका हुन् । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।