नेपालको लगातार दोस्रो जित , मलेसिया नौ विकेटले पराजित

April 19, 2021 6:54 pm

वैशाख ६
काठमाण्डौमा जारी त्रिदेशिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीताको दोस्रो खेलमा पनि नेपालले ९ विकेटको जित हात पारेको छ । मलेसिया विरुद्ध भएको खेलमा नेपालले लगातार दोस्रो जित हात पार्ने क्रममा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेर मलेसियालाई ब्याटीङको निम्तो दिएको नेपालले जितको लागी ११० रनको सामान्य लक्ष्य पाएको थियो ।

नेपालले लक्ष्य पछ्याउने क्रममा १२ दशमलव १ ओभरमा १ विकेट गुमाउदै जित हात पारेको हो । नेपालका लागी कुशल भुर्तेलले सर्वाधिक अभिजित ६१ रन जोडे भने आशिफ शेख ४२ रन वनाएर आउट भए । वलिङतर्फ करन केसिले सर्वाधिक ३ विकेट लिएर म्यान अफ द म्याच घोषित भए भने सन्दिप लामीछानेले २ विकेट लिए ।

नेपालको वलिङ सामु निरिह देखीएको मलेसियाले १६ दशमलम ५ ओभरमा पुरै विकेट गुमाएर १०९ रन मात्र जोड्न सक्यो । मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंक समेट जोड्न सकेनन । मलेसियाका तर्फवाट साइद अजिजले सर्वाधिक २७ रन जोडे । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई पनि नौ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल नेदरल्याण्ड्ससंग मंगलवार खेल्नेछ ।