साधना लघुवित्तको अभिमुखीकरण तालिम सम्पन्न

August 6, 2018 11:30 am

काठमाडौं, साउन २० । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा बजेट समीक्षा तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
वित्तीय संस्थाले सेवा प्रवेश गर्ने नवनियुक्त कर्मचारीको क्षमता अभिवृद्धि गर्न, सिकाइ स्तर, आधारभुत ज्ञान, वित्तीय अनुशासन कायम गर्न साथै गत आव २०७४/७५ को वार्षिक लक्ष्य तथा प्रगतिको अवस्था एवम आव २०७५/७६ को वार्षिक लक्ष्य, बजेट कार्यान्वयन र लक्ष्यका बारेमा समीक्षा तथा अभिमुखीकरण तालिम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए । तालिममा वित्तीय संस्थाकी मानव संशाधन तथा प्रशासन विभाग प्रमुख सरिता ढकालले वित्तीय संस्थाको नीति, नियम, सेवा सुविधा, प्रशासनिक व्यवस्थापनको बारेमा जानकारी दिँदै कर्मचारीलाई उच्च मनोबल राखी कार्यसम्पादन गर्न निर्देशन दिएकाी थिइन् । त्यस्तै विभागीय प्रमुखहरु रुपेशकुमार झा, रामप्रसाद लामिछाने तथा किरण श्रेष्ठले लेखा व्यवस्थापन, सफ्टवेयर, पीजीटी निर्देशिका, मास मोटिभेसन, बचत तथा कर्जा नीति, कर्जा विश्लेषण तथा कर्जा सदुपयोगिताको बारेमा सहभागीलाई सहजीकरण गरेका थिए ।

गोरखामा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आव २०७४/७५ कात्र्तिक २२ गतेबाट वित्तीय कारोबार शुरु गरेको हो । हालसम्म २० वटा शाखा कार्यालयबाट करिब ११ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै कम्पनीले जनाएको छ ।