शेयर कारोबारमा नयाँ रेकर्ड, एकैदिन १४ अर्ब ७६ करोडको कारोबार

May 27, 2021 4:09 pm

जेठ १३,काठमाण्डौ
शेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । बिहीवार १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएपछि शेयर कारोबारमा नयाँ रेकर्ड वनेको हो । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । बिहीवार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो सबैजसो लघुवित्त कम्पनीको शेयर घटेको छ । लघुवित्त समूहको शेयर घटे पनि जलविद्युत् समूहको शेयर भने उकालो लागेको छ । २० वटा जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ ।