बेष्ट फाइनान्सको सिईओमा अधिकारी नियुक्त

August 6, 2018 11:29 am

काठमाडौं, साउन २० । बेष्ट फाइनान्स (Best Finance Company Ltd.) मा नयाँ सिइओ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैंठकले तोयराज अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेका छन् । लमजुङ्ग जिल्ला मध्यनेपाल न.पा वडा न. ४ हाल टोखा न.पा वडा न. ११ शितलनगर काठमाडौं बस्ने अधिकारीलाई नियुक्त गरेको हो ।