मञ्जुश्री फाइनान्स लिमिटेडको शाखा रत्ननगरमा

November 2, 2021 9:07 am

चितवनको रत्ननगरमा मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो शाखा विस्तार गरेको छ । फाइनान्सका संचालक समिति अध्यक्ष र संचालक समिति सदस्यले सोमबार रत्ननगरमा २१ औं शाखाको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । काठमाडौँको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको सो फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौँ, पाल्पा रोड–बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैँडाकोट, हाकिमचोक–भरतपुर, पर्साबजार, इनरुवा, झुम्काबजार र विराटचोकमा गरी २० शाखा सञ्चालनमा आइसकेको छ ।

फाइनान्सले असोज मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी रहेको छ । यस्तै, फाइनान्सले ५० करोड रुपैयाँ डिभेन्चर जारी गरी गरेको छ । राष्ट्रियस्तरको सो फाइनान्सले १० अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको र ८ अर्ब ५८ करोड रुपैयाँ कर्जा परिचालन गरेको प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिए ।

सो फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिँदै आएको प्रमुख कार्यकारी अधिकृत निरौलाले बताए ।