आईपिएलमा चेन्नइलाई हराउदै दिल्लीको विजयी सुरुवात

April 11, 2021 9:56 am

चैत २९
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्र्तगत शनिवार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलले चेन्नइलाई पराजित गरेर विजयी सुरुवात गरेको छ । चेन्नईले पहिले ब्याटीङ गरेर दिल्लीलाई जितको लागी १८९ रनको लक्ष्य दिएको थियो । चेन्नईले दिएको लक्ष्य दिल्लीले १८.४ ओभरमा भेट्टाउदै विजयी भएको हो ।

दिल्लीको जितका लागी शिखर धवनले सर्वाधिक ८५ रनको योगदान गरे भने पृथ्वि शाहले ७२ रन जोडेर टिमको जित सहज पारेका थिए । चेन्नाईको लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । उनले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए । यस्तै मोइन अलीले ३६ रन जोडे । टिमको स्कोर ७ हुँदा ओपनर फाफ डु प्लेसिस र रितुराज गाएकवार्डलाई गुमाएको चेन्नाईका लागि रैना र मोइनले ५३ रनको साझेदारी गरेका थिए ।

यस्तै आक्रामक ब्याटिङ गरेका साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए । रविन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए । दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेषष खानले २/२ तथा रविचन्द्रन आश्विन र टम करनले १/१ विकेट लिए ।