प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजलासमा

May 27, 2021 4:18 pm

काठमाडौं ,जेठ १३
प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिट सर्वोच्च अदालतले संसद संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।