चलेनन बलर, केन्याद्वारा नेपाल सामु १५७ रनको लक्ष्य

August 28, 2022 5:41 pm

१२ भदौ, काठमाडौं । केन्या स्थित नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा भैरहेको ५ शृंखला अन्तर्गतको तेश्रो टि २० क्रिकेटमा केन्याले नेपाल सामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाली बलरहरुले उत्कृष्ठ प्रदर्शन गर्न नसकेपछि केन्याका ब्याट्सम्यानहरुले खुलेर सर्ट प्रहार गरे । केन्याका लागि राकेप पटेल र इर्फान करिमले अविजित रहदै क्रमस: ७३ र ५५ रन बनाए । केन्याले निर्धारित ओभरमा २ विकेट मात्र गुमाएर १ सय ५६ रन बनाएको हो । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए । यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र बदिल बलमले एक-एक विकेट लिए । नेपालका कप्तान सन्दिप लामिछाने, उपकप्तान दिपेन्द्र महंगा सावित भए । सन्दिपले ४ ओभरमा ४२ रन दिए भने दिपेन्द्रले ३ ओभरमा ३१ रन दिए । त्यस्तै शाहव आलमले ४ ओभरमा २८ रन दिए । १ सय ५७ रनको लक्ष्य पच्छाएको नेपालले यो समाचार तयार पार्दा सम्म कुनै पनि विकेट नगुमाई २.१ ओभरमा २१ रन बनाएको छ । अहिले क्रिजमा अर्जुन साउद र पवन सर्राफ छन् ।