नेपाल दशनामी समाज रत्ननगरको अध्यक्षमा तुलसी गिरी

रत्ननगर । रत्ननगर नगरपालिकाभित्र बसोवास गर्ने दशनामीहरुको वनभोज कार्यक्रम एवं भेलामा गठित निर्वाचन समितिको छलफलबाट नेपाल दशनामी समाजको रत्ननगर नगरसमिति गठन गरिएको छ ।

शंकर गिरीको संयोजकत्वमा पूर्ण पुरी र दुर्गा पुरी सदस्य रहेको समितिले तुलसी गिरीको अध्यक्षतामा ११ सदस्यीय नगरसमिति सर्वसम्मतरुपमा गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रामकृष्ण गिरी, सचिवमा अम्विका पुरी, कोषाध्यक्षमा भगवती गिरी, सहसचिवमा जीवन गिरी चयन भएका छन् । यस्तै, सदस्यहरुमा दीपक गिरी, सरस्वती गिरी, विष्णु पुरी, कपिल पुरी, रविकला गिरी र डम्बर गिरी रहेका छन् ।

नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष ऋतु गिरी र जिल्ला अध्यक्ष जीवलाल पुरीको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला अध्यक्ष पुरीले दशनामी समुदाय संगठित भई सुखदुःखमा सँगसँगै सहकार्य गर्न र एकजुट भई सामाजिक कार्यमा सरिक हुन नगरसमिति गठन गरिएको जानकारी दिए । समाजमा जुटेर नै शक्ति आर्जन गर्न सकिने उनको भनाइ थियो ।

यस्तै, नवनिर्वाचित अध्यक्ष तुलसी गिरीले देशका विभिन्न क्षेत्रबाट बसाईं सरी आएका दशनामी समुदायलाई एकत्रित गर्न आफू नेतृत्वको समिति लागि पर्ने बताए । उनले रत्ननगरका १६ वटै वडामा समिति गठन गरी दशनामी समुदायलाई संगठित गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *