नेपाल दशनामी समाज रत्ननगरको अध्यक्षमा तुलसी गिरी

रत्ननगर । रत्ननगर नगरपालिकाभित्र बसोवास गर्ने दशनामीहरुको वनभोज कार्यक्रम एवं भेलामा गठित निर्वाचन समितिको छलफलबाट नेपाल दशनामी समाजको रत्ननगर नगरसमिति गठन गरिएको छ ।

शंकर गिरीको संयोजकत्वमा पूर्ण पुरी र दुर्गा पुरी सदस्य रहेको समितिले तुलसी गिरीको अध्यक्षतामा ११ सदस्यीय नगरसमिति सर्वसम्मतरुपमा गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रामकृष्ण गिरी, सचिवमा अम्विका पुरी, कोषाध्यक्षमा भगवती गिरी, सहसचिवमा जीवन गिरी चयन भएका छन् । यस्तै, सदस्यहरुमा दीपक गिरी, सरस्वती गिरी, विष्णु पुरी, कपिल पुरी, रविकला गिरी र डम्बर गिरी रहेका छन् ।

नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष ऋतु गिरी र जिल्ला अध्यक्ष जीवलाल पुरीको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला अध्यक्ष पुरीले दशनामी समुदाय संगठित भई सुखदुःखमा सँगसँगै सहकार्य गर्न र एकजुट भई सामाजिक कार्यमा सरिक हुन नगरसमिति गठन गरिएको जानकारी दिए । समाजमा जुटेर नै शक्ति आर्जन गर्न सकिने उनको भनाइ थियो ।

यस्तै, नवनिर्वाचित अध्यक्ष तुलसी गिरीले देशका विभिन्न क्षेत्रबाट बसाईं सरी आएका दशनामी समुदायलाई एकत्रित गर्न आफू नेतृत्वको समिति लागि पर्ने बताए । उनले रत्ननगरका १६ वटै वडामा समिति गठन गरी दशनामी समुदायलाई संगठित गर्ने प्रतिबद्धता जनाए ।

सपना भिलेजको उत्कृष्ट सामाजिक कार्य : भरतपुर अस्पताल र ईच्छाकामना गाँउपालिकालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

राजेन्द्र /रामु आचार्य, चितवन : चितवनमा अक्सिजनको अभाव हुन नदिन आज एकसाथ दुई संस्थालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको छ । सामाजिक सेवामा जिल्लामा नै अग्रणी रहेको सपना भिलेज सोसल ईम्पयाक्टले भरतपुर अस्पताललाई १० थान र ईच्छाकामना गाँउपालिका ५ थान गरि १५ थान अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको हो । कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव हुन नदिन र जिल्लाको एक मात्र गाँउपालिका क्षेत्रका विपन्न जनताको सहजताका लागि अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको सपना भिलेज सोसल ईम्पयाक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।

ओमसञ्जीवनी अक्सिजन सप्लायर्स माफर्त ग्याँस उद्योगलाई धरौटी राखी ४ लाख रुपैयाँ बराबरबमो ठूलो १५ थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको अध्यक्ष गिरीले बताए ।

एक समारोहका विच सपनाले आज ईच्छाकामना गाँउपालिका अध्यक्ष गीतकुमारी गुरुङ्ग, भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीलाई सपना भिलेजका अध्यक्ष धुव्र गिरी, रत्ननगर नगरपालिका मेयर नारायण वनले हस्तान्तरण गरेका थिए ।

‘अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमित व्यक्ति बढे र शैया थपभएसँगै उपचारमा सहजताका लागि सहयोग गरेका हौँ, उनले भने –सपनाले विगतमा कोरोना कहरमा विविध सहयोग गर्दै आएको थियो । तर यो पटक अक्सिजन नै बढी आवश्यकदेखेपछि हामी सहयोग गर्न पाउदाँ निकै खुसी छौँ । ’
हरेक दिन कोरोना सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्व अन्तर्गत बजारमा सिलिण्डरसमेत नपाइने अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको न्यू पशुपति युवा क्लबका अध्यक्ष समेत रहेका सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए ।

गरिब र न्यून आय भएकाहरुले उपचार गर्ने भरतपुर अस्पतालमा शैया थपिए पनि स्वास्थ्य सामग्री अभाव हुँदा संक्रमितको उपचारमा समस्या भई सहयोगका लागि अपिल गरिएको थियो ।
अक्सिजन पाएसगैँ खुसी हुदै भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले अक्सिजन हाहाकार भएको अवस्थामा गरिब विपन्न जनताको बढी उपचार हुने सरकारी अस्पताललाई सिलिण्डरसहित अक्सिजन हस्तान्तरण गरेको धन्यवाद दिए ।

‘विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण अहिले अक्सिजन नै महत्वपूर्ण छ उनले भने, चितवनका अहिले ४५ प्रतिशत मात्रै उपचारमा छन्, मेडिकल सिटि भएका कारण यहाँ देशैभरबाट विरामी आउने हुदाँ शैया थपभएसगैँ गरिएको सहयोगले आम जनताको विन रक्षा गर्न ठुलो सहयोग मिलेको छ ।’

देशभर कोरोना सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी सपना भिलेजले गरेको सहयोग महत्वपूर्ण रहेको भरतपुर अस्पतालका पूर्व मेसु प्रोफेसर डा.कृष्णप्रसाद पौडेलले बताए ।
अक्सिजन सिलिण्डर हस्तान्तरण समारोहमा नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, भरतपुर अस्पतालका बरिष्ठ स्त्री विशेषज्ञ डा.सुनिलमणि पौडेल, सपना भिलेज लजका म्यानेजर नारायण पुरी लगायतले विपन्न उपचार हुने अस्पतालमा सिलिण्डरसहित अक्सिजन हस्तारण भएकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा खैरहनी स्थित न्यू पशुपति युवा क्लबले समेत सहजीकरण गरेको थियो । सपना भिलेज यसअघि पनि भुकम्प, नाकावन्दीसगैँ विभिन्न विपत्मा परेको विपन्नलाई विभिन्न राहत र चेपागं समुदायको विकासमा विगत एक दशकदेखि फरकशैलीबाट जिल्लामा सहयोग गर्दै आएको छ ।

ओलीको चियापानमा नजाने नेपाल समूहको निर्णय

काठमाण्डौ,फाल्गुन २
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।

नेपाल समूह यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय गरेको छ।
सोमबार दिउँसो अध्यक्ष ओलीसँगको भेटपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा ओली विवाद मिलाउने मुडमा नदेखिएको निश्कर्ष निकाल्दै आफ्ना पूर्व निर्धारित कार्यक्रमहरू गर्ने निर्णय गरेका हुन्।