ओलीको चियापानमा नजाने नेपाल समूहको निर्णय

काठमाण्डौ,फाल्गुन २
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।

नेपाल समूह यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय गरेको छ।
सोमबार दिउँसो अध्यक्ष ओलीसँगको भेटपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा ओली विवाद मिलाउने मुडमा नदेखिएको निश्कर्ष निकाल्दै आफ्ना पूर्व निर्धारित कार्यक्रमहरू गर्ने निर्णय गरेका हुन्।

नेपाल ओली समुहको वार्ता सकारात्मक

चैत्र २,काठमाण्डौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीचको वार्ता सकिएको छ । पार्टी कार्यालय धुम्वाराहीमा सम्पन्न भएको वार्ता विना निष्कर्ष सकिएपनि छलफल सकारात्मक भएको वार्तामा सहभागी दुवै पक्षका नेताहरुले वताएका छन ।
छलफलमा सहभागी नेता रघुजी पन्तले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने र निर्णय फिर्ता लिन माग गरेको बताए। त्यस्तै ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ ।
छलफलमा सहभागी अर्का नेता प्रदीप ज्ञवालीले नेताहरूबीचमा अनौपचारिक छलफल पनि जारी रहने बताए।