काठमाडौं : नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा दुई जना थपिएका छन् । नेताहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गरिएको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा चयन गरिएको एक नेताले जानकारी दिए ।
भुसाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव दिइन् भने सापकोटा सभामुखको जिम्मेवारी सकिएसँगै पार्टीको जिम्मेवारीमा आएका हुन् । यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो।
उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत चयन थिए भने पम्फाको भने बढुवा भएको हो । यसैगरी सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । यस्तै, कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।