बालबालिका लक्षित दोस्रो चरणको खोप भदौ ५ गते देखि

August 12, 2022 8:55 pm

काठमाडौँ । सरकारले आगामी भदौ ५ गतेदेखि दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ ।

५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइने छ ।

कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

यसअघि सरकारले २७ जिल्लाका बालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप दिइसकेको छ ।