कालिका- १० र ११ का ६ वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण

March 15, 2024 7:45 pm

रत्ननगर, चैत्र २ । चितवनको कालिका नगरपालिकाले नगर उप-प्रमुख बालवालिका कार्यक्रम अन्तर्गत कालिका वडा नंं. १० र ११ का ६ वटा सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

नगर उप-प्रमुख बालवालिका कार्यक्रम अन्तर्गत बिहीवार कालिका वडा नं. १० मा रहेको आधारभुत विद्यालय लोतन्तीका ५७ जना, वडा नं. ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय मझवाङका २ सय ७० जना, श्री चित्राम राष्ट्रिय आधारभुत विद्यालय मेक्छेकोङ्ग, सिद्धिका ३९ जना, दक्षिणकाली आधारभुत विद्यालय वाङथलाका ६३ जना, श्री राष्ट्रिय आधारभुत विद्यालय दौतेसका ४३ जना, श्री राष्ट्रिय आधारभुत विद्यालय कल्याणचौर रन्तेसका ८१ जना गरी ६ वटा विद्यालयका ५ सय ५३ जना विद्यार्थीहरुलाई कपी, कलम र झोला वितरण गरिएको हो ।

राष्ट्रिय माध्यमिक विद्यालय मझवाङमा बिहीवार शैक्षिक सामाग्री वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख विनोद रेग्मीले यस वर्ष १३ सय १४ जना विद्यार्थीहरुलाई कपी, झोला र कलम बितरण गर्ने लक्ष्य लिएको बताउनुभयो ।

कालिकाका विद्यालयहरुले अन्य संघ संस्थाहरुसंग शैक्षिक सामाग्रीहरु माग्नुपर्ने स्थितिको अन्त्य गर्ने प्रतिवद्धता जनाए । सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो ।

आमा, बुबा गुमाएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत नगर उप(प्रमुख बालवालिका कार्यक्रम अन्तर्गत नगरपालिकाले विद्यालमै पुगेर शैक्षिक सामाग्री कपी, कलम, झोल, न्यानो कपडा वितरण गर्दै आईरहेको उप-प्रमुख बिमला तामाङले जानकारी दिनुभयो ।

कालिका नगरपालिकाका १ देखि ११ नम्बर वडामा ३५ वटा सामुदायिक विद्यालयहरु रहेकाछन् । जस अन्र्तगत १ देखि ८ नम्बर वडाका २२ वटा विद्यालयका ५ सय ६६ जना बालबालिकाहरुलाई माघ महिनामा शैक्षिक सामाग्री वितरण गरिसकिएको र कालिका वडा नं. ९, १० र ११ मा रहेको बाकी १३ वटा विद्यालयमा अहिले वितरण गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, नगरपालिकाले विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुका साथ साथै स्वास्थ्य क्षेत्रमा समेत जोड दिएका छौं, यस कार्यक्रमलाई निरन्तरता दिन चाहन्छौं । बालबालिकाहरुको शिक्षा क्षेत्रमा कुनै पनि कमि हुनदिने छैनौं ।

महिला बालबालिका शाखा प्रमुख सम्झना ढकालले शैक्षिक सामाग्रीले विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने भएकाले वितरण गरिएको सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय माध्यमिक विद्यालय मझवाङका प्राधानाध्यापक फडिन्द्र पनेरुले शैक्षिक सामाग्रीले विद्यार्थीलाई अध्ययनमा अझै हौसला मिल्ने बताउनुहुदै नगरपालिकालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालयमा आयोजित कार्यक्रममा कालिकाका मेयर बिनोद रेगमी, उप-मेयर विमला तामाङ, प्राधानाध्यापक फडिन्द्र पनेरु सहितले सो सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महिला बालबालिका शाखाका महिला विकाश निरिक्षक सविना श्रेष्ठ, विद्यालयका सहायक प्राधानाध्यापक रामचन्द्र दवाडी लगाएतको सहभागिता रहेको थियो ।