रत्ननगरको न्यू स्पिडी मा.वि मा ‘मेमोरी टेष्ट’ प्रतियोगिता

February 23, 2024 7:42 pm

रत्ननगर, फागुन ११ । रत्ननगर १० मा रहेको न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयमा ‘मेमोरी टेष्ट’ प्रतियोगिता सम्पन्न भएको छ । सरस्वती केन्द्र नेपालको आयोजना तथा न्यू स्पिडी आवासीय मा.विको संयोजनमा शुक्रवार विद्यार्थीको ‘मेमोरी टेष्ट’ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कक्षा १ देखि ५ कक्षा सम्मका १७ वटा विद्यालयका जम्मा ८३ जना प्रतिस्पर्धीहरुले कक्षागत रुपमा अन्तर विद्यालय प्रतिस्पर्धा गरेको विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा कक्षा १ तर्फ स्काइराइडर प्रथम, प्यारागन द्धितिय, पिसभिजन तृतीय र सगरमाथा सान्त्वना भएको उनले जानकारी दिए । यस्तै, कक्षा २ तर्फ स्काइराइडर प्रथम, पञ्चकन्या विद्या मन्दिर द्धितिय, एकता शिशु निकेतन तृतीय र शिक्षा विकास सान्त्वना भयो । कक्षा ३ तर्फ स्काइराइडर प्रथम, बुद्ध ज्योती द्धितिय, न्यू स्पिडी तृतीय र अर्बिट स्कुल सान्त्वना भयो ।

कक्षा ४ तर्फ पञ्चकन्या विद्या मन्दिर प्रथम, स्काइराइडर द्धितिय, न्यू स्पिडी तृतीय र बुद्ध ज्योती सान्त्वना भयो । यस्तै, कक्षा ५ तर्फ न्यू स्पिडी प्रथम, प्यारागन द्धितिय, पञ्चकन्या विद्या मन्दिर तृतीय र शिक्षा विकास सान्त्वना भएको प्राधानाध्यापक थापाले बताए । विद्यालयमा पहिल्यै कक्षागत रुपमा दिईएका २ सय ५० वटा शव्दहरु विद्यार्थीहरुले पढेर, घोकेर, सम्झेका आधारमा शव्दहरु लेखेर प्रतिशप्रर्धा गरेको उनले जानकारी दिए । विद्यार्थीको सम्झने क्षमता जाँच्नको लागि यो प्रतियोगिता आयोजना गरिएको उनको भनाईछ ।

कक्षा १ का विद्यार्थीलाई २४७, कक्षा २ लाई २६६, कक्षा ३ लाई २५०, कक्षा ४ लाई ३१४ र कक्षा ५ लाई ३५० पूणाङ्कको आधारमा नम्बर दिईएको सरस्वती केन्द्र नेपालका अध्यक्ष तथा न्यू स्पिडी आवासीय मा.वि का शैक्षिक सल्लाहकार डा. वसन्त प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो भने अन्य सहभागी विद्यार्थीहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको अधिकारीले बताए ।