कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी

August 3, 2021 5:42 pm

काठमाण्डौ,साउन १९
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सचिवालयको अनुसार देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न निर्देशन दिएका हुन् । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर उनी २०७७ साल भदौमा सेवा निवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य,चुहावट नियन्त्रणमा सफल भएका थिए ।