सिटी एक्सप्रेसको २५ लाख कित्ता हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

August 6, 2018 11:00 am

काठमाडौं, साउन २० । सिटी एक्सप्रसे फाइनान्स कम्पनी लिमिटड (City Express Finance Ltd.) को २५ लाख कित्ता हकप्रद शेयर सुरक्षित गर्ने आज साउन २० गते अन्तिम दिन रहेको छ । कम्पनीकोे साउन २१ गते बुक क्लोज गर्ने भएकोले हकप्रद भर्नका लागि आज मात्र सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यो फाइनान्सको हकप्रद शेयरमा आगामी भदौ १ गतेदेखि आवेदन दिन पाइने छ । यो फाइनान्स कम्पनीले १ सय रुपैयाँको उक्त हकप्रद शेयर असोज ४ गतेसम्म आवेदन दिन सक्ने बताएको छ । यसले चुक्तापुँजी बढाउन २५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो ।

यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडले हो । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैया पुग्नेछ । हाल १५ करोड रुपैयाँ चुक्तापुँजी छ ।