सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि

April 19, 2023 2:17 pm

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा Tagsएक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि, तेजाबी सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।