२९औं वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुई प्रतियाेगिता

April 16, 2024 7:12 pm

रत्ननगर । वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले साैराहामा दुई प्रतियाेगिता गरिएकाे छ । चितवनमा जारी वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकाला र बक्तृत्वकाला प्रतियाेगिता गरिएकाे हाे । मृगकुञ्ज उपभाेक्ता समिति र समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान उपसमितिले आयाेजना गरेकाे साे प्रतियाेगिताकाे साहित्यकार धनराज गिरीले गरेका थिए । चित्रकला प्रतियाेगितामा न्यू स्पीडि इङ्लिस बाेडिङ स्कुलकी प्राश्ना महताे प्रथम, लाइसीयम बाेडिङ स्कुलकी बन्दना राना द्धितिय, बैरिया माविकी सविना खातुन तृतीय र एन्जलर्स आमाविका निरज मुखिया र बकुलहर माविका पुसन गिरी सान्त्वना भएका छन् ।

बक्तृत्वकला प्रतियाेगितामा ग्रिनसाेसाईटी पब्लिक स्कुलकी सायाेना भूषाल प्रथम, नेपाल माविकी सर्वज्ञा पाैडेल द्धितीय, पञ्चकन्या विद्या मन्दिरकी सम्या रिजाल तृतीय र बैरिया माविकी अदितीआचार्य र एन्जलर्स वर्ड आमाविका हेमन्त पाैडेल सान्त्वनाले स्थान हासिल गरेका छन् । चित्रकला प्रतियाेगिताकाे निर्णायकमा ऋषिराम सुवेदी र पुष्पराज मरहठ्ठा, बक्तृत्वकला प्रतियाेगिताकाे निर्णायकमा धनराज गिरी र शिवप्रसाद भूषाल रहेका थिए ।

चित्रकलामा प्रथम हुनेलाई पाँच हजार, द्धितृय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार र सान्त्वना हुने दुईजनालाई एक एक हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुने दुई जनालाई दुईदुई हजार प्रदान गरिएकाे छ । उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सप्ताहकाे महत्वपूर्ण कार्यक्रमकाे रुपमा विद्यालय स्तरीय प्रतियाेगिता गरिएकाे बताए । उनले वन तथा वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा पु-याउने उद्देश्यले प्रतियाेगिता गरिएकाे बताए । सप्ताह अन्तर्गत भाेली बुधबार राप्ती नदी सरसफाई र डुंगा सयर कार्यक्रम रहेकाे बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले सञ्चालन गरेकाे कार्यक्रममा रिभर च्याम्पियन उषा महताेले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा वर्ड एजुकेशन साेसाइटीका अध्यक्ष टिकाराम गिरी, टिकाैली वनका कार्यबहाक अध्यक्ष टिकाराम आचार्य, जनकाैली वनका सहसचिव फडिन्द्र चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे । चित्रकलाकाे सहमति संस्था, डेनिडा र डब्लुडब्लुएफ सहयाेगी संस्था रहेका थिए ।