काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको, राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले पार्टी पारित्याग गरेका हुन् ।
उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र आफ्ना भनाई राख्न नपाएको बताएका छन्। सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।