घुम्टोभित्र लुकेर बस्ने सर्लाहीका मुसहर महिला सडकमा

December 6, 2022 6:19 pm

२० मङ्सिर, सर्लाही ।
सर्लाहीको बसबरिया गाँउपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः २०७९ अन्तरगत “सभ्य समाजको पहिचान लैङ्गिक हिसां विरुद्धको अभियान” भन्ने नारा सहित मुसहर महिला सशक्तिकरण मन्च बसबरियाको आयोजनामा सचेतना मुलक ¥यालि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान कार्यक्रम नगर स्तरीय मुसहर महिला सशक्तिकरण मन्च बसबरियाकी अध्यक्ष सिता देवी माझीको अध्यक्षता तथा बसबरिया गाँयपालिका प्रमुख राम सिहासन रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बडा अध्यक्ष नन्दलाल महतो, बिद्यालयका प्रधान अध्यापक मनोज कुमार राय, इलाका प्रहरी कार्यालयका प्रमुख प्रमोद प्रसाद यादव, पत्रकार, बिद्यार्थी, स्थानिय समाज सेबी, मुसहर महिला सशक्तिकरण मन्चका प्रतिनिधिहरु तथा पदाधिकारी लगाएत १ सय जनाको उपस्थिति रहेको साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल)का कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनु भयो ।

¥यालिको क्रममा मुसहर महिला लगाएत बिद्यार्थीहरुले महिला हिंसा बन्द गरौ, बाल बिबाह बन्द गरौ, जाँड रक्सी बन्दगरौ, छुवाछुतको भेद भाव बन्दगरौ भन्ने प्लेकार्ड सहीत नारा लगाउदै हिडेका थिए ।
अनडेफ तथा साप नेपालको सहयोगमा मुसहर महिला सशतिकरण मञ्च बसबरीयाको आयोजना तथा गाँउपालिकाको समन्वयमा कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा बोल्दै बसवरिया गाउपालिकाका प्रमुख राम सिहासन रायले मुसहर महिलाहरुले बाल बिबाह बन्द गरौ, जाँड रक्सी बन्दगरौ, छुवाछुतको भेद भाव बन्दगरौ भन्ने प्लेकार्ड सहीत नारा जुलुस गर्दै सडकमा आएकोमा खुसी प्रकट गर्दै व्यवहारमा उतार्नु पर्ने बताए । यस बिषयमा गाँउपालिकाले समेत आगामी दिनका कार्यक्रम गर्ने बताए ।

मुसहर महिला सशक्तिकरण मन्च बसबरीयाकी अध्यक्ष सिता देबी माझीले अझै पनि दलितहरु माथि बिभेद हुने गरेको बताईन । स्थानिय सरकारले समेत मुसहरहरुको माग नसुन्ने गरेको बताईन ।