कालिकाका मेयर रेग्मी र गृहमन्त्री बीच भेटवार्ता , सुरक्षा र विकासबारे छलफल

March 23, 2024 7:32 pm

कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरको समग्र शान्ति सुरक्षा तथा विकास निर्माणका विषयमा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी छलफल गरेका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमै पुगेर उनले गृहमन्त्री लामिछानेसँग भेट गरी शान्तिसुरक्षाको लागि प्रहरी कार्यालय स्थापना र विकास निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।

सोही अबसरमा मेयर रेग्मीले गृहमन्त्रीसँग आफुले कालिका नगरपालिकाको समग्र सुरक्षालगायत विकास निर्माण तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए । भेटमा उनले नगरपालिकामा प्रहरी निरीक्षक (ईन्सपेक्टर) सहितको दरबन्दी रहने गरी प्रहरी कार्यालय स्थापना गर्न पनि माग गरेका छन् । उनले उक्त विषय समेटेर गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।

ध्यानर्कषणपत्र बुझेपछि गृहमन्त्री लामिछानेले स्थानीय सरकार प्रमुखले राखेको प्रहरी कार्यालय स्थापना तथा विकास निर्माणको विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।