केविए ग्लोबल भरतपुर फुटबल क्लव ४-० ले विजयी

November 29, 2022 7:24 pm

चितवन, मंसिर १३ । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगितामा केविए ग्लोबल भरतपुर फुटबल क्लव विजयी भएको छ । मंगलवार भएको खेलमा हेटौँडा फुटबल एकेडेमीलाई ४–० गोलले पराजित गर्दै भरतपुर फुटबल क्लव विजयी भएको हो । आजको खेलमा भरतपुर फुटबल क्लव जर्सी नम्बर ११ का रोशन राना मगर म्यान अफदि म्याच घोषित भएकाछन् । पूर्व राष्ट्रिय खेलाडी ललित थापा र वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले मगरलाई ट्रफी प्रदान गरे ।

भोली (बुधवार) खैरहनी फुटबल क्लव र हाईलाईट युथ क्लव रत्ननगर बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिए । “स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर- ९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । प्रथम हुने समुहले १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने समुहले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।