जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउने डा. भाेजराजको प्रतिवद्धता

November 13, 2022 6:22 pm

भरतपुर : प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भाेजराज अधिकारीले जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउने प्रतिवद्धता गरेका छन् । पश्चिम चितवनको चनाैलीमा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै उनलेे निशुल्क स्वास्थ सेवासहितकाे याेजना बनाउने बताए । ‘माेबाईल हेल्थ क्लिनिक’ काे अवधारणा अनुसार जनताकाे घरआँगनमा अस्पताल पुग्ने उनलेे बताए ।

“आवश्यक साधन श्राेत र चिकित्सकसहित गाडीमै ठाउँ-ठाउँमा पुग्नेसँगै जनताको उपचार गर्ने व्यवस्था मिलाईने छ ।” डा. भाेजराजले भने,” बाँकी रहेका अस्पताललाई थप सेवा सुविधाकाे प्रबन्ध गरिनेछ” । अाफ्नाे क्षमता र याेग्यताका आधारमा कार्ययोजना बनाउने उनलेे प्रतिबद्धता जनाए ।

यस्तै प्रदेशसभा ३(१) का प्रत्यक्ष उम्मेदवार डा. सुर्यकान्त घिमिरेले नेपालमै मल कम्पनी बनाउने बताएका छन् । साेही चुनावी काेणसभालाई सम्बाेधन गर्दै उनलेे मल विउ र सिचाइकाे अभाव नहुने निति निर्माण गर्ने बताए । डा. भाेजराजकाे विजयपछि स्वास्थ क्षेत्रमा अामुल परिवर्तन हुने मतदाताकाे अपेक्षा छ ।