रत्ननगरमा भीमसेन पर्व मनाइयो

August 21, 2022 9:18 pm

रत्ननगर, ५ भदौ
चितवनको रत्ननगरमा नेवार समुदायले मनाउने भीमसेन पर्व मनाइएको छ। व्यापारीको देवताका रुपमा पुजिने भीमसेन देवतालाई स्थानीले रथमा राखेर आइतबार रत्ननगरको विभिन्‍न ठाँउमा परिक्रमा गरि भीमसेन पर्व मनाइएको हो । भिंज खल र नेवा मैजु पुचको संयुक्त आयोजनामा निकालिएको रथ यात्रा रत्ननगरको मुख्य बजार टांडी, सौराहाचोक र बकुलहर परिक्रमा गराइएको भिंज खलका अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठले जानकारी दिए । पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै धर्म,संस्कृति तथा कला बोकेका परम्परा सङ्कटमा पर्न थालेकाले तिनको सम्वद्र्धन गर्नको लागि रथ यात्रा निकालिएको नेवा मैजु पुचको अध्यक्ष भागिरथी प्रजापतीले बताइन् । बाजा गाजा सहित निकालिएको रथ यात्रामा स्थानिय नेवार समुदायको उल्लेख्य उपस्थिती रहेको थियो ।