
१ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ६ हजार ८ सय ८३ जनाको परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ जना संक्रमणमुक्त भएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।