फेरी घटेर आयो पेट्रोलियम पदार्थ , तर नेपालमा उस्तै चर्को मूल्य कायम

August 16, 2022 6:10 pm

काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएर पठाएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटेको छ । यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

नेपाली बजारमा हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।

योसँगै आईओसीले घटाएर पठाएको मूल्यसूची संख्या तीन पुगेको छ । तर, देउवा सरकार भने नेपालमा मुल्य बढाई रहेको छ । सरकारले यसअघि घटेर आएको मूल्य समेत अहिलेसम्म समायोजन (घटाएको) छैन ।