पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त, ८ सय ६८ जना संक्रमित थपिए

August 10, 2022 6:59 pm

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् भने ८ सय ६८ जना संक्रमित थपिएका छन् , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ५ जनाको परीक्षणमा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । जसमध्‍ये ५ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा छन् ।

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।