अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

July 3, 2022 2:04 pm

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम छ। यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा पुगेको थियो।

आइतबार युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ९० पैसा र बिक्रीमा १३२ रुपैयाँ ५२ पैसा पाइन्छ। आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १४ पैसा पाइन्छ।

आइतबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७९ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आज २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ०७ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३६ रुपैयाँ २७ पैसा कामय गरिएको छ।