
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुल १ हजार ४ सय ६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३ सय ४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् ।