पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना पुष्टि

June 25, 2022 6:24 pm

काठमाण्डू । पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ सय ३७ पीसीआर परीक्षणमा २३ जना र ८ सय ६५ एन्टिजेन परीक्षणमा ४ जना गरी कुल २७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।

यो सँगै सक्रिय संक्रमितको संख्या १ सय ८८ पुगेको छ । जसमध्ये १ सय ८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् । अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

कोरोना भाईरसको संक्रमण फेरी थपिन थालेकोमा सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध समेत गरेको छ ।