सुनको मूल्य बढ्यो

January 20, 2022 3:48 pm

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ। बुधबार ९२ हजार ७ सयमा कारोबार भइरहेको सुनको मूल्य बिहीबार तोलामा १ हजारले वृद्धि भएर ९३ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि मूल्यवृद्धि भएको हो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले वृद्धि भएर १३ सय १५ रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ४१ र चाँँदी प्रतिऔंस २४ डलर हाराहारीमा कारोबार भइरहेको छ।