नेप्सेमा ६८ अंककाे सुधार, सबै समूह हरियाली

October 6, 2021 6:15 pm

काठमाडाैं। गत मंगलबार ४१ अंक माथिले बढेको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि अधिकतम ६८ अंक माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० विन्दुमा पुगेको हो ।

गत मंगलबार नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६ सय १२.६५ बिन्दुमा रोकिएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.७२ अंकले बढेर ५०४.७३ बिन्दुमा उक्लिएको छ । यस दिन सबै जसो समूह धनात्मक भएर बजार नै हरियाली छाउँदा कारोबार रकम भने साढे चार अर्बको भएको छ ।

नेप्सेका अनुसार आज कुल २२७ कम्पनीको ८ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा ५५ हजार ३८५ पटक किनबेच हुँदा कुल चार अर्ब ५० करोडको कारोबार भएको हो । गत मंगलबार ४१ अंकले बढेको बजारमा जम्मा दुई अर्ब ९९ करोडको कारोबार भएको थियो ।